राजनीति


‘सभामुखमाथि नागरिक सरह छानबिन हुनुपर्छ’

‘सभामुखमाथि नागरिक सरह छानबिन हुनुपर्छ’

नेपालखबर
असोज १४, २०७६ मंगलबार ४:५२,

नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपले संसदका सबै सदस्यलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।

मंगलबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो आरोप आमनागरिकमाथि लागेको भएक के हुन्थ्यो? सभामुखमाथि पनि प्रचलित कानुनी व्यवस्थाअनुसार छानबिन हुनुपर्छ।’

पहिलाका घटनाहरुमा साख गुमाएको प्रहरी प्रशासनले यस विषयमा कुनै दबाबमा पर्न नहुने उनको भनाइ छ। ‘प्रहरीले आफ्नो गुमेको प्रतिष्ठा पुनर्स्थापना गरोस्। व्यक्तिको पदको प्रभाव नदेखियोस्’, नेता थापाले भने, ‘मुलुकको प्रतिष्ठासँग गाँसिएको यो आरोप झुटो सावित होस् भन्ने मेरो कामना छ।’

घटनाविवरण सहित सार्वजनिक भइसकेको अवस्थामा विज्ञप्तिबाट आरोपको खण्डन गर्न नहुने भन्दै उनले शंका निवारणका लागि सभामुखबाट सहयोग हुने विश्वास व्यक्त गरे। ‘घटना सार्वजनिक भएसँगै आरोप लगाउने महिलाको चरित्रका विषयमा टीका टिप्पणी सुरु भएका छन्। कसैको चरित्रका विषयमा निर्णय गर्ने अधिकार कसैलाई छैन। प्रहरीले छानबिन गरोस्। सम्मानित न्यायलय पनि छन्’, उनले भने।

संसद सचिवालयकी कर्मचारी महिलाले सभामुख महराले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। तीनकुनेस्थित भाडाको कोठामा आएर सभामुखले मदिराको सुरमा याैन दुर्व्यवहार गरेको उनको दाबी छ। महराको पिटाइबाट शरीरमा निलडाम समेत लागेको उनले उल्लेख गरेकी छिन्।

सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोल्पा स्थायी ठेगाना भएकी हुन्। सभामुखको पनि स्थायी ठेगाना रोल्पा नै हो।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार साँझ विज्ञप्ती जारी गरी ‘कठपुतली तयार गरी सामाजिक रुपमा बदनाम गर्ने दुस्प्रयास’ भएको भन्दै त्यसमा कुनै सत्यता नभएकोले भ्रममा नपर्न अपील गरेका छन्। सभामुखको विज्ञप्तिमा स्वतन्त्र छानबिनको विषय उल्लेख छैन।

सभामुख राज्यको सम्मानित पद हो। बरियताक्रममा यो पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीशपछि पाँचाैं नम्बरमा छ।

यो पनि: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .