ad ad

राजनीति


जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छः नेम्वाङ

जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छः  नेम्वाङ

नेपालखबर
असोज १३, २०७६ सोमबार ११:२६,

पूर्वसभामुख सुवास नेम्वाङले जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिने बताएका छन्। उनले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएकोले परिमार्जनमा कुनै समस्या नहुने बताए।

सोमबार गृहजिल्ला इलाममा तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिवर्तनीय भएकाले कुनै पनि बेला संशोधन गर्न सकिने बताए।

वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो। ठूलो प्रयास र लामो संघर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेता नेम्वाङले बताए।

जिल्लामा विद्युत् र यातायातको सुविधा पु¥याउन आफू प्रयत्नशील रहेको उनले भनाइ थियो। ‘विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन’, नेता नेम्वाङले भने, ‘अहिले कति विकास भएको छ आफैँ देख्न सकिन्छ।’ जिल्लाका सबै घरमा विद्युत् पु¥याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .