राजनीति


मन्त्रिपरिषदको गोप्य निर्णयमार्फत् मन्त्री, सांसदलाई दशैँ खर्च

मन्त्रिपरिषदको गोप्य निर्णयमार्फत् मन्त्री, सांसदलाई दशैँ खर्च

नेपालखबर
असोज १३, २०७६ सोमबार ११:२८,

सरकारले मन्त्री तथा सांसदहरुलाई दशैँ खर्च उपलब्ध गराउने भएको छ। २०७६ भदौ ३१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले मन्त्री, सांसदहरुलाई चाडवाड खर्चस्वरुप एक महिनाको तलब बराबरको रकम दिने प्रस्ताव पारित गरेको हो।

नेपालखबरले पाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निर्णयप्रतिमा भनिएको छ, ‘उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, संघीय संसदका पदाधिकारी तथा सांसदहरुलाई एक महिनाको तलब बराबरको रकम चाडबाड खर्च उपलब्ध गराउइनेछ।’ (हेर्नुहोस् तल निर्णयको प्रति)

मन्त्रिपरिषदको यो निर्णय सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने सार्वजनिक गरेका थिएनन्। गोप्य राखेका थिए।

असोज २ गते उनले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद निर्णय सार्वजनिक गरेका थिए। भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद बैठकहरुका २६ निर्णय उनले सार्वजनिक गरेका थिए।

सरकारको निर्णयअनुसार दशैँ खर्च पाउनेहरुको सूचीमा संघीय संसदका पदाधिकारी समेत समावेश छन्।

cabinet newsभदाै ३१ को निर्णयको बुँदा नं.२ले भन्छ- उपप्रधानमन्त्री, मन्त्री, सांसदलाई चाडवाड खर्च दिइनेछ।

सरकारले ६ महिना सेवा पूरा गरेका मन्त्रीका सल्लाहकार तथा स्वकिय सचिवहरुलाई समेत दशैँ खर्च दिने भनेर निर्णय गरेको छ। उनीहरुको तलबमान बढाउने निर्णय समेत सरकारले गरेको छ। निर्णयअनुसार बढेको तलबमानअनुसार उनीहरुले दशैँ खर्च पाउनेछन्।

मन्त्रिपरिषदले सांसदहरुको तलब ६४ हजार ७० कायम गरी सोहीअनुसार दशैँ खर्च दिन निर्णय गरेको हो।

कसले कति पाउँदैछन् दशैँ खर्च?
सरकारको निर्णयअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ७५ हजार ६४० रुपैयाँ दशैँ खर्च पाउनेछन्।

गोकुल बाँस्कोटा, रामबहादुर थापा बादल, योगेश भट्टराई, थममाया थापा, लालबाबु पण्डित, शक्ति बस्नेत, मातृक यादब, उपेन्द्र यादवसहित सबै मन्त्रीहरुले ७० हजार ७३० रुपैयाँ दशैँ खर्च पाउनेछन्।
पर्यटनराज्यमन्त्री धनबहादुर बुढा तथा डा.सुरेन्द्रकुमार यादवले दशैँ खर्चबापत ६७ हजार ३० रुपैयाँ पाउनेछन्।

सरकारको निर्णयअनुसार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले समेत दशैँ खर्च पाउनेछन्। संघीय सांसदकी उपसभामुख शिवमाया तुम्बाहाम्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको दशैँ खर्च दर एकै रहेको छ। दुवैले ७० हजार ३३० रुपैयाँ दशैँ खर्च पाउनेछन्।

सांसदहरुलाई दशैँ खर्चबापत सरकारले ६४ हजार ७० रुपैयाँ दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .