ad ad

ग्लोबल


पश्चिमको आरोप : इरानले रुसलाई युक्रेनमा हान्न क्षेप्यास्त्र दियो

पश्चिमको आरोप : इरानले रुसलाई युक्रेनमा हान्न क्षेप्यास्त्र दियो

नेपालखबर
भदौ २३, २०८१ आइतबार १८:४,

इरानले रुसलाई छोटो दूरीमा प्रहार गर्ने ब्यालिस्टिक क्षेप्यास्त्र दिएको अमेरिकी र अन्य पश्चिमा गुप्तचर निकायहरूले जनाएका छन्। रुसले ती क्षेप्यास्त्र युक्रेन युद्धमा प्रयोग गर्ने उनीहरूको भनाइ छ।

ती क्षेप्यास्त्र इरानले कहिले आपूर्ति गरेको हो, स्पष्ट छैन। तर, अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै वाल स्ट्रिट जर्नलले सो खबर प्रकाशित गरेको छ।

पछिल्लो समय युक्रेनले रुसी भूमिमा प्रवेश गरी करिब १ हजार वर्गकिमि क्षेत्र कब्जा गरेपछि रुसलाई धक्का लागेको छ।

र, आउँदो हिउँदमा युक्रेनले भारी रुसी आक्रमण हुने अपेक्षा गरेको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले तत्काल थप हवाइ प्रतिरक्षा हतियार आफूहरूलाई आवश्यक पर्ने बताएका छन्।

इरानले यसअघि रुसलाई ड्रोन उपलब्ध गराएको थियो। 

तर, इरानका राष्ट्रसंघीय प्रतिनिधिले रुसलाई क्षेप्यास्त्र नदिइएको बताएका छन्।

रुसका तत्कालीन रक्षामन्त्री सेर्गेइ सोइगु गत वर्ष सेप्टेम्बरमा इरान भ्रमणमा गएका थिए। त्यसैबेलादेखि क्षेप्यास्त्र आपूर्तिका लागि वार्ता सुरु भएको अनुमान गरिएको छ।

रुसले यसअघि उत्तर कोरियाबाट पनि तोपका गोला तथा क्षेप्यास्त्रका पार्टपुर्जा प्राप्त गरेको खबर प्रकाशित भएका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .