राजनीति


ज्ञानेन्द्र शाहीमाथिको कुटपिट सरकारको विरोध गर्नेहरुतर्फ लक्षितः गगन गापा

ज्ञानेन्द्र शाहीमाथिको कुटपिट सरकारको विरोध गर्नेहरुतर्फ लक्षितः गगन गापा

नेपालखबर
असोज १२, २०७६ आइतबार १२:७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले सरकार फासीवादी बाटोमा लागेको आरोप लगाएका छन्।

काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा नेता थापाले शाही माथिको आक्रमण सरकारको विरोध गर्नेहरुतर्फ लक्षित रहेको बताए। शनिबार नेकपा निकट युवाहरुले ‘नेपालका लागि नेपाली’ नामक अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नुका साथै उनको कार्यक्रम स्थलमा तोडफोड गरेका थिए।

आक्रमणमा घाइते बनेका शाहीको अहिले चितवन मेडिकल कलेजमा उपचार हुँदैछ। नेता थापाले सोही घटनालाई लिएर सरकार र सत्तारुढ दल नेकपाको चर्को आलोचना गरेका हुन्।

‘अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेमाथि दिन दिनदाहाडै ज्यान लिने गरी जाइलाग्छन्, सरकारका समर्थकहरु’, उनले भने, ‘यो घटना सरकारको विरोध गर्नेहरुतर्फ पनि लक्षित हुन सक्छ।’

उनले सरकार अभिव्यक्ति स्वतन्त्रता खोसेर फासीवादी बाटोमा अगाडि बढेको भन्दै यो बाटो लामो समय नटिक्ने दावी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad