राजनीति


कानून लगाएर प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैनौँः प्रचण्ड

कानून लगाएर प्रेसलाई  नियन्त्रण गर्ने पक्षमा छैनौँः प्रचण्ड

नेपालखबर
असोज ११, २०७६ शनिबार ६:३६,

 सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको प्रस्ट पारेका छन्।

शनिबार काठमाडौमा ‘दैनिक अनलाइन’को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले पूर्ण प्रेस स्वतन्त्रताको लागि निश्चिन्त रहन आग्रह गरे।

संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्न आफूहरुले मिहेनत गरेको दाबी गर्दै उनले सोही मर्म र भावना अनुसार अघि बढ्ने कुरामा शंका नगर्न आग्रह गरे।

पछिल्लो समय मिडियामा नराम्रा विषयले मात्र प्राथमिकता पाएको भन्दै उनले असन्तुष्टि जनाउदै हुँदै नभएका समाचार आउन थालेपछि आफूहरु न्याय माग्नुपर्ने ठाउँमा पुगेको भन्दै पत्रकारितमा माथि व्यंग्य गरे ।

उनले भने, ‘कानून लगाएर नियन्त्रण गर्ने पक्षमा हामी छैनौँ तर पत्रकार आफैँ भने यस्ता विषयमा गम्भीर हुन आवश्यक छ।’

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत आउने समाचार हेर्न र पढ्न नसकिने खालका हुने त्यसमा ब्यक्त केही विचार आपत्तिजनक हुन थालेकोप्रति सजग बन्नुपर्ने बताए।

राज्य नियन्त्रण गर्ने र नियमन गर्नेभन्दा पत्रकार आफैँले सोच्नु पर्ने प्रचण्डको भनाइ छ। ‘सुन्न नसकिने र हेर्नै नसकिने गरी प्रचार हुन थाल्यो त्यसलाई हटाउन जरुरी छ। आलोचना मात्रै होइन विधि र प्रक्रिया राम्रो बनाउनु पर्‍यो’, प्रचण्डले भने।

न्युनतम् नैतिक मान्यता हराएपीछ आफूहरु न्याय माग्नुपर्ने ठाउँमा पुगेको बताउदै प्रचण्डले न्युनतम नैतिक मान्यता हराएको बेला फैसला गर्ने न्यायाधीश पत्रकार नै रहेको उनको दावी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad