ad ad

राजनीति


लवेदा सुरुवाल लगाएर सत्तामा बस्ने धेरैजना बाह्य शक्तिबाट परिचालितः केसी

लवेदा सुरुवाल लगाएर सत्तामा बस्ने धेरैजना बाह्य शक्तिबाट परिचालितः केसी

नेपालखबर
असोज १०, २०७६ शुक्रबार १६:२१,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा बाह्य शक्तिको हस्तक्षेप डरलाग्दो गरी बढेको बताएका छन्।

बाराको सिमरामा शुक्रबार राजमो २ नं प्रदेशले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै केसीले नेपाली ढाका टोपी र लवेदा सुरुवाल लगाएर सत्तामा बसेका धेरैजना बाह्य शक्तिबाट परिचालित भएको ठोकुवा गरे।

‘तपाईंले सत्तामा बस्नेहरुलाई लवेदा सुरुवाल लगाएकै देख्नुहुन्छ। ढाकाटोपी लगाएकै देख्नुहुन्छ।’ केसीले भने, तर, उनीहरुको काम भनेको बाह्य शक्तिले के भन्छ, त्यसको आदेश पालना गर्ने हो।’

अध्यक्ष केसीले संघीयताको भारी बोक्नेहरुले यसलाई पार लगाउन सकिन्छ भनेर सोच्दै नसोचेको दाबी गरे। बाह्य शक्तिका आडमा लागू भएको संघीयताले देश पार नलाग्ने उनको भनाई थियो।

संघीयता लागू गरेपछि केही टाठाबाठालाई समाजवाद आएको उल्लेख गर्दै केसीले जनतालाई झन् बढी महंगी, भ्रष्टचार र कुशासनले घेरेको र राष्ट्रियतामाथि झन् खतरा उत्पनन हुँदै गएको बताए।

राष्ट्रिय जनमोर्चाले संघीइताको विरोध, महंगी र भ्रष्टाचार विरुद्ध पाँचवटा प्रदेशमा शुक्रबार जनसभा आयोजना गरेको हो। काठमाडामा आयोजित सभालाई राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, बुटवलमा उपाध्यक्ष दुर्गा पौडेल, धनगढीमा महासचिव जनकराज शर्मा र सुर्खेतमा केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .