ad ad

राजनीति


प्रदेश २ का मुख्यमन्त्रीको गुनासोः स्वायत्त भएर काम गर्न पाएनौँ

प्रदेश २ का मुख्यमन्त्रीको गुनासोः स्वायत्त भएर काम गर्न पाएनौँ

नेपालखबर
असोज १०, २०७६ शुक्रबार १०:५४,

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको गुनासो गरेका छन्।

संविधानमा गरिएका व्यवस्था ठीक भए पनि संघीय सरकारका कारण स्वायत्तता नपाएको उनको गुनासो थियो।

 समाजवादी पार्टी नवलपरासीले शुक्रबार परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उक्त पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री राउतले भने, ‘संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट पनि छन्, केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा हामीहरु रहेका छौँ।’

उनले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउँदै उनले संविधान नै जलाउने पक्षमा भने आफूहरु नरहेको बताए। उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले आफूहरु संविधान दिवसमा मौन बसेको स्पष्ट पारे।

मुख्यमन्त्री राउतले संविधानले थुप्रै उपलब्धि दिएको उल्लेख गर्दै संविधानको विरोध गर्दा व्यवस्थालाई नै असर पर्ने देखेर आफूहरु मौन बसेका बताए।

संघीयताकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उनले समाजवादी पार्टी जातीय र क्षेत्रीय पार्टी नभएको प्रस्ट पारे। उनले राजपा नेपालसँग एकता हुनसक्ने संकेत पनि गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .