ad ad

राजनीति


फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको निधन

फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको निधन

नेपालखबर
असोज ९, २०७६ बिहिबार १०:३३,

फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको निधन भएको छ। ८६ वर्षको उमेरमा उनको निधन भएको हो।

सिराक सन् १९९५ देखि २००७ सम्म फ्रान्सका राष्ट्रपति रहेका थिए।

लगातार दुई कार्यकाल फ्रान्समा राष्ट्रपति बनेका सिराकले त्यसपछि विभिन्न समयमा फ्रान्सको प्रधानमन्त्रीको रुपमा भूमिका निर्वाह गरे।

राजधानी पेरिसमा बिहीबार बिहान उनको निधन भएको परिवारका सदस्यहरुले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई जनाएका छन्।

अमेरिकाको नेतृत्वमा भएको इराक युद्धको विरुद्धमा उनले अडान लिएको थिए।

युरोपेली देशहरुबीच एकता हुनुपर्नेमा जोड दिने सिराकले बामपन्थी र दक्षिण पन्थी दुवै खेमाको विश्वास जितेर फ्रान्समा शासन गरेका थिए।

सन् २०११ मा उनीमाथि रकम हिनामिनामा गरेको अभियोग लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .