ad ad

अटो


गाडीमा दशैँ अफरः ३ लाखसम्म छुट, लक्की ड्रबाट गाडी नै जित्ने अवसर

गाडीमा दशैँ अफरः ३ लाखसम्म छुट, लक्की ड्रबाट गाडी नै जित्ने अवसर

नेपालखबर
असोज ९, २०७६ बिहिबार १०:५२,

चाडपर्व आएसँगै चारपा‌ंग्रे गाडीहरुका पनि छुट तथा विभिन्न स्कीमहरु सार्वजनिक भएका छन्। सार्वजनिक भएका अफरहरुले ग्राहहरुलाई चाडबाड विशेष बनाउने कम्पनीहरुको तर्क छ।

दशैँ तिहारमा नयाँ वस्तु घर भित्राउन साइत मान्ने नेपालीहरुको परम्परा छ। त्यसकारणले पनि विगतदेखि नै सवारी साधान लगायत अन्य वस्तुहरुमा किनमेलको चहलपल बढी नै हुने गरेको छ।

यस वर्ष नेपालमा रहेका विदेशी कम्पनीहरुको आधिकारीक विक्रताहरुले ल्याएको छुट तथा अफरहरु यस प्रकार रहेको छ:

सुजुकी

sujuki offer
चाडपर्वको अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ। सुजुकीको लागि नेपालको आधिकारीक बिक्रेता कम्पनी सीजी मोटोकर्प प्रालिलले सुजुकी पर्वोत्सव योजना ल्याएको हो।

यस वर्ष, सुजुकी पर्वोत्सव योजनामा २ लाखसम्मको नगद छुट, अधिकतम १ लाखसम्मको एक्स्चेन्ज बोनस, इ–स्क्र्याच सिस्टममार्फत अधिकतम १ लाखसम्मको थप छुट तथा एक वर्षसम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने छ।

यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ। जसको खरिद मूल्य ३८ लाख ९९ हजारदेखि ४२ लाख ९९ हजारसम्म रहेको छ।

हुण्डाई

614A6145
हुण्डाई गाडीको लागि नेपालको आधिकारीक विक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइ फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ। दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित उक्त योजना ल्याइएको हो। उक्त योजना भदौ २ गतेदेखि कात्र्तिक १६ गतेसम्म लागू हुनेछ।

यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट र १ वर्ष निशुल्क बीमा पाउनेछन्। साथै स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट, लक्की ड्रमार्फत १० जोडीलाई दुबइ भ्रमण तथा बम्पर उपहारको व्यवस्था गरेको छ। बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत हुन्डाइ स्यान्ट्रो एक थान र हुन्डाइ भेन्यु एक थान जित्न सक्ने बताएको छ।

उक्त योजनाअन्तर्गत सबै हुन्डाइ गाडीहरुमा ३ वर्ष वारेन्टी,४ वर्ष फ्री सर्भिसिङका साथै निशुल्क सवारी कर भुक्तानी उपलब्ध रहेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टले नेपालभर १३ शोरुम तथा तथा १७ सर्भिस सेन्टहरुमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

 टाटा

614A6101

नेपालका लागि टाटा मोर्टसका आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले ‘दशैंमा टाटा मोर्टस सबको घरमा स्योर सट गिफ्ट साथै बम्पर उपहार हातमा’ नामक योजना ल्याएको छ। कम्पनीले ल्याएको विभिन्न दशैं योजनामा टाटाका सवारी खरिद गर्दा तथा गाडी बनाउँदा छुट तथा उपहार दिने भएको हो। जसमा टाटाका गाडी ट्रक टिपर किन्दा स्योर सट गिफ्टहरुमा थाइल्याण्ड, दुवई, रसिया, साउथ अफ्रिका भ्रमण तथा वासिङ मेशिन, माइक्रो वोभन, टिभी, मोबाइल, क्यामरालगायतका उपहार दिने कम्पनीले जनाएको छ।

साथै बम्पर लक्की ड्रमा ७ जना जोडीलाई क्रुज भ्रमण, १५ जनालाई दुवई भ्रमण र १३ जनालाई एलजीको फ्रिज, १५ जनालाई सोनीको ५५ इञ्चको टिभी, एलजीको वासिङ मेशिन १३ जनालाई सामसुङको नोट १० मोबाइल उपहार दिने कम्पनीले जनाएको छ।

कम्पनीले दशैँ सर्भिस क्याम्प, दशैँ स्पेशल अफरमा निः शुल्क बम्पर टु बम्पर चेकअप, निः शुल्क ब्याट्री चेकअप, निः शुल्क एफआइपी चेकअप, निः शुल्क एअर सस्पेन्स चेकअप, प्रत्येक दिन विविध कार्यक्रम तथा उपहार जित्ने अवसर दिएको कम्पनीले जनाकारी गराएको छ।

टोयटा

toyato
टोयटा गाडीको लागि नेपालको आधिकारीक विक्रेता कम्पनी युनाइटेड ट्रेडर सिण्डीकेट प्रालिले ‘रस मिड एमटी फेस्टिभ बोनान्जा’ नामक योजना ल्याएको छ। एसयूभी रस गाडीमा कम्पनीले छुट दिने भएको हो। दशैँ तिहारको अवसर पारेर कमपनीले ७३ लाख ५० हजारको गाडी ७० लाखमा दिने जानाकारी गराएको छ।

रस एसयूभीमा फ्रन्ट फग ल्याम्पसहितको अटो कन्ट्रोल हेडलाइट, फ्रन्टमा आकर्षक ग्रिल, १७ इन्चको अलोय ह्विल, एबीएस, एयरब्याग, हिल स्टार्ट असिस्ट कन्ट्रोल, ट्याक्सन कन्ट्रोलसहितको भेहिकल स्टेबिलिटी कन्ट्रोल सिस्टम जस्ता आधुनिक विशेषता रहेको छ।

यसमा रहेको १४९६ सीसी फोर सिलिन्डर पेट्रोल इन्जिनले ६ हजार आरपीएममा १०४ पीएस पावर र ४२०० आरपीएममा १३६ एनएम टर्क उत्पादन गर्छ । यसमा २२० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ। अटोमेटिक र म्यानुअल दुवै ट्रान्समिसनमा रस चार भेरियन्टमा उपलब्ध छ।

ड्याट्सन तथा निशान

614A6097
नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडपर्व अवसरमा ‘फेस्टिभ हट डिल’ योजना प्रस्तुत गरेको छ।

नाडा अटो सो तथा दशैं, तिहार जस्ता चाडलाई लक्षित गरी कम्पनीले हालै न्यू गो गाडी बजारमा प्रस्तुत समेत गरेको हो। यो ड्याट्सन गो को नयाँ संस्करण हो। फेस्टिभ हट डिलअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै विशेषताले भरिपूर्ण हट सुविधाहरू प्राप्त गर्न सक्ने छन्।

यसैगरी लक्की ड्रमा १० जना जोडीले थाइल्याण्डको भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन्। यसका अतिरिक्त ड्याटसन गाडीको खरिदमा ९९ हजारबराबरको निःशुल्क एक्सोसरिज पाउनुको साथै १ वर्षको बीमा, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, १ वर्षसम्मको सडक कर र १ लाख २५ हजारसम्मको नगद छुट, फेस्टिभ डिस्काउन्टअन्तर्गत ५० हजार छुट प्राप्त गर्न सकिनेछ।

614A6166

साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नुहुने छ। कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुविधा रहेको छ। ड्याट्सन न्यू गोमा ३ लाख ४० तथा ट्याट्सन रेडी गोमा ३ लाख २२ रुपियाँसम्मको लाभ प्राप्त हुने कम्पनीले जनाएको छ।

फोर्ड

ford offer

फोर्डका लागि नेपालको आधिकारिक वितरक जिओ अटोमोबाइलले ‘सिधै क्यास, नो बकवास’ ग्राहक योजना ल्याएको छ। नाडा अटो शो देखि नै चलेको यो आफर चाडबाड लक्षित रहेको छ। अफरअनुसार कार खरिद गर्ने ग्राहकले तीन वटासम्म स्क्र्याच कार्ड कोट्याउन दिने र स्क्र्याच कार्डमार्फत अधिकतम तीन लाख छुट दिइनेछ।

क्यास डिस्काउन्टसँगै इन्स्योरेन्समा छुट र लोयल्टी बोनस प्रदान गरिनेछ। फोर्ड कम्पनीका सबै मोडलका गाडीहरुको अफर उपलब्ध बताइएको छ। नेपाली बजारमा इकोस्पोर्ट, इन्डेभर, एस्पायर, फ्रिस्टाइल र फिगो मोडल बिक्री हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .