नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र अमेरिकी राजदूत र्यान्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान कोटेश्वरस्थित नेपालको निजी निवासमा भेटवार्ता भएको हो। भेटमा नेपाल–अमेरिका सम्बन्धको लामो इतिहास स्मरण गर्दै पछिल्ला घटनाक्रमहरुबारे चर्चा भएको थियो।
‘उहाँहरुबीच अमेरिकी सहयोग, नेपालको विकास सम्भावना तथा दुई देश बीचको पारस्पारिक सम्बन्धका विविध आयमबारे कुराकानी भयो’, नेता नेपालका स्वकिय सचिव मोहन गौतमले भने।
यस किसिमका भेटवार्ताले दुई देश बीचको कुटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिने विश्वास दुवैले व्यक्त गरेका थिए।
प्रतिक्रिया