नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो नलागेकाले पछिल्लो समय सी पथमा पुगेको बताए छन्। दाङमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले स्थापना कालदेखि कम्युनिस्टहरू सिद्धान्तमा कन्फूज रहेको आरोप लगाए।
त्यही भएर कहिले मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद भन्दै अहिले सी पथमा जाने तयारी गरिरहेको उनको भनाइ थियो।
‘कम्युनिष्टहरु हिजोसम्म मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद के के हुँदै अहिले सी पथमा पुगेका छन्', उनले भने, 'केहिले के कहिले के भनेर छलछाम गर्दै हिँडेका छन्। आफैँ सिद्धान्तमा नै कन्फुज भएपछि जनतालाई पनि कन्फुजनमा राख्ने प्रयास गरिरहेका छन्।’
वरिष्ठ नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका योजनाहरु उदघाटन गर्ने अनि त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने भन्दा कम्यनिष्ट नेताहरुले केही काम गर्न नसकेको बताए। ‘सरकार बनेको यति समयसम्म पनि केही काम भएको छैन। जनताले हत्या, बलत्कार, हिंसा भ्रष्टाचार भन्दा केही पाएका छैनन्। कम्युनिष्ट सरकारले जनतालाई दिएका उपहार यीनै हुन्’, उनले भने।
कम्युनिष्ट नेताहरु फेरि अर्को आन्दोलन आवश्यक भएको बताउँदै हिँड्न थालेको भन्दै यो अर्कोे मुर्खता उनले उनले जनाए।

प्रतिक्रिया