राजनीति


चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ काठमाडौँ आइपुगे

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ काठमाडौँ आइपुगे

नेपालखबर
असोज ६, २०७६ सोमबार ७:१३,

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ नेपाल आइपुगेका छन्।

उनी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालको निमन्त्रणामा नेपाल आएका हुन। काठमाडौंमा आजै (सोमबार) बाट सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्टको अन्तक्र्रिया कार्यक्रमका लागि सोङ नेपाल आएका हुन्।

मध्यान्ह १२.२५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका विदेशविभाग प्रमुख सोङलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गरेका छन्। सो अवसरमा चिनिया राजदूत यान्छी पनि सहभागी थिइन्।

साँझ ५ बजे सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया सुरु हुने विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल खबरलाई जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने बताइएको छ। कार्यक्रममा भाग लिन चीनबाट यसअघि नै ४० जना काठमाडौं आइसकेका छन्।

सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलो पटक यो स्तरको वैचारिक छलफल हुन लागेको हो। यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपाली चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि वृहत् रुपमा आयोजना गरिएको हो।

कुनै आकस्मिक परिवर्तन भएन भने राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ। २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका हुन्, जसलाई एउटा ऐतिहासिक अवसर मानिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad