कारोबार


श्री एयरलाइन्सले ७५ वर्षमाथिका व्यक्तिलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने

श्री एयरलाइन्सले ७५ वर्षमाथिका व्यक्तिलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने

नेपालखबर
असोज ६, २०७६ सोमबार ७:२६,

निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले दशैँ, तिहार र छठ पर्वको अवसरमा ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा हवाइभाडामा ५० प्रतिशत छुट दिने भएको छ।

घटस्थापनाको दिन अर्थात् आगामी १२ गतेदेखि लागू हुने उक्त सहुलियत ७५ वर्ष उमेर पुगेका नेपालीले पाउनेछन्। कम्पनीका प्रबन्धक अनिल मानन्धरका अनुसार ८५ वर्ष उमेर पुगेका नागरिकले पाँच सय रुपैयाँमै यात्रा गर्न पाउनेछन्। बाँकी हवाइ भाडा र इन्धन चार्ज छुट हुने कम्पनीले जनाएको छ। ७५ वर्ष पुगेकाको हकमा भने हवाइ भाडामा ५० प्रतिशत छुट भए पनि इन्धन चार्ज र करमा छुट नपाइने कम्पनीले जनाएको छ।

त्यस्तै यात्रा गर्ने व्यक्तिको उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचय पत्र पेस गरी यो सुविधा उपभोग गर्न पाइने पनि कम्पनीले जनाएको छ। उक्त सहुलियत टिक एयरलाइन्सको बिक्री काउन्टर वा श्री एयरलाइन्सको एप वा वेबसाइटबाट मात्र उपलब्ध हुनेछ।

त्यस्तै एप वा वेबसाइटबाट खरिद गरेका टिकटहरुको हकमा चेक इनका बखत उमेर खुल्ने आधिकारिक प्रमाण नभएमा वा प्रमाणमा उमेर ७५ वा ८५ भन्दा कम भएमा उडान अनुमति नदिइने पनि कम्पनीले जनाएको छ। यसबाहेक कम्पनीले बेलाबेलामा जारी गरेको विशेष भाडामा छुट लागू नहुने जनाएको छ।

यसअघि नेपालको ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएपछि योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा विमान सेवा प्रदायकहरुलाई ज्येष्ठ नागरिकलाई हवाइ भाडामा आधा छुट दिन आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad