इंग्लीस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुल, आर्सनल र वेस्टह्याम युनाइटेड विजयी भएका छन्।
लिभरपुलले चेल्सीलाई २–१ ले पराजित गर्दा, आर्सनलले एस्टन भिल्लालाई ३–२ ले पराजित गरेको हो।
यस्तै वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो।
उता क्रिस्टल प्यालेस र उल्भरह्याम्प्टनले भने १–१ को बराबरी खेलेका छन्।
आइतबारको खेलसँगै लिभरपुल ६ खेल सम्पन्न हुँदा सतप्रतिशत जित निकाल्न सफल भएको छ। लिभरपुल १८ अंकसहित शीर्ष स्थानमा छ।
१३ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। समान ११–११ अंक भएका लेस्टर सिटी, आर्सनल र वेस्टह्याम गोल अन्तरका आधारमा क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

प्रतिक्रिया