राजनीति


संविधानप्रति मसालको धारणाः बुर्जुवा गणतन्त्रले जनताका समस्या समाधान गर्न सक्दैन

संविधानप्रति मसालको धारणाः बुर्जुवा गणतन्त्रले जनताका समस्या समाधान गर्न सक्दैन

नेपालखबर
असोज ३, २०७६ शुक्रबार १६:१,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले बर्तमान संविधानलाई आफ्नो पार्टीको आलोचनात्मक समर्थन रहेको स्पष्ट पारेको छ।

संविधान दिवसका अवसरमा वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै नेकपा(मसाल) ले वर्तमान संविधान पुँजीवादी संविधान भएको र यसले जनताका आधारभूत समस्याहरू समाधान गर्न नसक्ने जनाएको छ।

‘यो अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाअन्तर्गतको संविधान हो। त्यसकारण यो वास्तविक अर्थमा पुँजीवादी प्रजातान्त्रिक संविधान पनि होइन।’ मसाल महामन्त्री मोहन विक्रम सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘वास्तविक प्रकारको पुँजीवादी प्रजातान्त्रिक संविधान नयाँ जनवादी क्रान्तिपछि नै बन्न सक्दछ र त्यो नयाँ जनवादी संविधान हुन्छ।’ त्यसकारण हाम्रो पार्टीका उद्देश्यहरू विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाका साथै वर्तमान संविधान र अहिलेको बुर्जुवा गणतन्त्र समेतको अन्त्य गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु तथा जनवादी संविधान र जनवादी गणतन्त्रको स्थापना गर्नु नै हुन्छन्। त्यस अर्थमा वर्तमान संविधानसित हाम्रो आधारभूत प्रकारको विरोध छ।’

यस्तै, मसालले संविधानमा उल्लेख गरिएको संघीय प्रणालीप्रति पनि आफ्नो गम्भीर मतभेद रहेको जनाएको छ। अहिलेको संघीयताअन्तर्गतको प्रादेशिक संरचनालाई खारेज गरेर स्थानीय तहलाई अरू अधिकार सम्पन्न गराउनुपर्ने आवश्यकतामा पार्टीले जोड दिएको छ।

यद्यपी वर्तमान संविधानलाई मधेशवादीहरुद्वार पृथकतावादी उद्देश्य पुर्तिका लागि ‘कालो संविधान’ भनेर संविधान संशोधनका लागि दिइएको दबावप्रति मसालले विरोध गर्दै आएको जनाएको छ। त्यसका साथै राजावादीहरुद्वार गणतन्त्र र धर्मनिरपेक्षतामाथि हुँदै आएको आक्रमणबाट पनि संविधानलाई जोगाउनुपर्ने आवश्यकतामा मसालले जोड दिएको छ।

यस्तै, विप्लव र वैद्य माओवादी समूहबाट पनि क्रान्तिकारी नियत राखेर संविधानको विरोध गरिरहेका भएपनि उनीहरुको विरोधले प्रतिक्रान्तिलाई नै फाइदा पुर्याईरहेको मसालको ठहर छ।

संविधानप्रति पार्टीको गम्भीर मतभेद हुँदाहुँदै त्यसको कार्यान्वयनसहित अग्रगामी परिवर्तमा मसालले जोड दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad