ad ad

राजनीति


गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक स्व. सुशील कोइरालालाई

गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक स्व. सुशील कोइरालालाई

नेपालखबर
असोज ३, २०७६ शुक्रबार १२:३७,

 राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाले संविधान निर्माणमा पुर्‍याएको योगदान अतुलनीय रहेको धारण व्यक्त गरेकी छन्।

यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री स्व कोइरालालाई मरणोपरान्त प्रदान गर्दै राष्ट्रपति भण्डारीले स्व. कोइराला सरल, सहज, सादगी र पारदर्शी नेता भएको बताइन्। गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधान निर्माणमा स्व. कोइरालाको सहमति, सहकार्य र एकताको भावना स्मरणीय रहेको उल्लेख गरिन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले असहज परिस्थितिमा समेत सबै शक्तिलाई मिलाएर विचलित नभई एकताको भावनालाई आत्मसात गरी ऐक्यबद्धताका आधारमा संविधान निर्माण गर्नुले सम्पूर्ण नेपालीमा एकताको सञ्चार गराउन स्व कोइराला इतिहासमा सफल नेता भएको धारणा व्यक्त गरिन्।

वर्तमान संविधान निर्माण गर्न नेपालमा दुईपटक संविधानसभाको निर्वाचन भएको थियो। पाँच वर्ष आठ महिनामा तयार भएको संविधान निर्माणमा ३० राजनीतिक दल सहभागी थिए। पछिल्लोपटक सम्पन्न संविधानसभा निर्वाचनबाट प्रधानमन्त्री रहेका स्व. कोइरालाको नेतृत्वमा विसं २०७२ असोज ३ गते मुलुकले नेपालको संविधान पाएको हो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बहुलवादमा आधारित नेपालको संविधान समावेशी र विश्वमा नै नमूना रहेको धारणा व्यक्त गरे। उनले वर्तमान सरकारले संविधान अनुरूप काम गर्न नसकेको बताउँदै सरकारले संविधान कार्यान्वयनमा एकलौटी निर्णय गर्न थालेको आरोप लगाए।

सरकारबाट संविधानको भावनाविपरीत आएको मिडिया काउन्सिल र मानवअधिकार विधेयकले स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको सभापति देउवाले बताए।

संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले संविधान अपरिवर्तनीय दस्तावेज नभएको तर जनआन्दोलनको जगमा उभिएर बनेकोले परिवर्तनका लागि जनताको भावना जित्नुपर्ने बताए। उनले संविधानको मुख्य स्रोत नेपाली जनता भएकाले जनताको इच्छा र चाहना अनुरूप संविधान परिवर्तन गर्न सकिने दस्तावेज भएको धारणा राखे।

वर्तमान संविधान मस्यौदा समितिका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा सरकार फितलो बन्दै गएको बताउ। उनले प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गरी सरकार एकलौटी ढङ्गले अघि बढेको हुँदा संविधान कार्यान्वयनमा जटिलता पैदा भएको बताए।

प्रतिष्ठानका अध्यक्ष एवं सांसद भीमसेनदास प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा पूर्वप्रधानमन्त्री स्व. mकोइरालाले अनुकरणीय योगदान पु¥याएकाले उनलाई यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक मरणोपरान्त प्रदान गरिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .