राजनीति


कानूनले चित्रबहादुर त के केपी ओली भए पनि छाड्दैनः सञ्चारमन्त्री

कानूनले चित्रबहादुर त के केपी ओली भए पनि छाड्दैनः सञ्चारमन्त्री

नेपालखबर
असोज २, २०७६ बिहिबार ११:१९,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कानून सबैका लागि एकै भएको बताएका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका नातिहरुको नागरिकता र पासपोर्टबारे पत्रकारले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले कानूनअनुसार कारबाही हुने बताए।

‘चित्रबहादुर भन्नासाथ कानून विपरीत भयो भने के गर्ने, केपी ओली भए त त्यही कानून बमोजिम हुन्छ, अब चित्रबहादुरको के कुरा?’, उनले भने, ‘उहाँले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको पो त हामीले कदर गर्ने हो। कानून मिचेर नचाहिने काम गरेको पुष्टि भए चित्रबहादुर ग¥या भनेर छाड्न मिल्दैन।’

उनले व्यक्तिको सम्मान अधिकारको कुरा शक्तिसँग मापन नहुने उनको भनाइ थियो।

राजमोका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले आफू सभासद रहेको समयमा आफ्ना जेठो छोरातर्फका दुई नातिलाई कान्छो छोराका छोरा बनाएर जापान पठाएको कुरा बिहीबार सञ्चारमाध्यममा आएको थियो। सोही विषलाई लिएर पत्रकारले सोधेको प्रश्नमा सञ्चारमन्त्री बाँसकोटाले यस्तो जवाफ दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .