कारोबार


राष्ट्रिय गौरवको निजगढ विमानस्थललाई बजेट विनियोजन सुन्य

राष्ट्रिय गौरवको निजगढ विमानस्थललाई बजेट विनियोजन सुन्य

नेपालखबर
असोज २, २०७६ बिहिबार ११:१७,

बाराको निजगढमा निर्माणको चरणमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि सरकारले बजेट विनियोजन गरेको छैन।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएको विमानस्थललाई नेपाल नागरिक उडड्यन प्राधिकरणले चालु आर्थिक वर्ष २०७६।७७ को बजेटमा रकम विनियोजन नगरेको हो।

प्राधिकरणकाे बजेट तथा योजना सार्वजनिक गर्दै निजगढको काम अघि बढ्न नसकेकाले रकम विनियोजन नगरेको महानिर्देशक राजन पोखरेले बताए। निजगढ निर्माणको काम अघि बढे प्राधिकरणले प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्नसक्ने महानिर्देशक पोखरेलको भनाई छ।

निजगढ विमानस्थल निर्माणको काम सुरु हुन लाग्दा विभिन्न पक्षबाट विवाद उत्पन्न भएपछि वातावरण प्रभाव मूल्याङकनदेखि बाँकी काम अघि बढ्न सकेको छैन।

प्राधिकरणले मुख्य गरी पोखरा र भैरहवा विमानस्थललाई २२ अर्ब र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ६ अर्ब ३९ करोड ५२ लाख बजेट विनियोजन गरेको छ।

प्राधिकरणले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार ९ सय ९४ रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad