ad ad

राजनीति


रुस र चीनबीच समन्वय र साझेदारिताको माध्यमबाट अघि बढ्ने सहमति

रुस र चीनबीच समन्वय र साझेदारिताको माध्यमबाट अघि बढ्ने सहमति

नेपालखबर
असोज २, २०७६ बिहिबार ११:२०,

उनलेको तीन दिने रुस भ्रमण बुधबार सम्पन्न भएको हो। त्यस भ्रमणका क्रममा द्विपक्षीय सहयोग र समझ्दारीका विषयहरुलाई थप मजबुत बनाउने विषयमा सहमति भएको सिन्ह्वाले जनाएको छ।

सो भेटका क्रममा लि खछ्याङले रुसी प्रधानमन्त्री दिमीत्री मेदभेदेभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यसैगरी उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिष्टाचार भेटगरी दुई देशको आपसी हितका विषयमा वार्ता गरेका थिए।

चीन र रुसबीच सत्तरी वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यस यता यी दुई देशबीचको सम्बन्ध सदा सुमधुर रही आएको भन्दै आगामी दिनमा पनि आपसी सहयोग, समन्वय र साझेदारिताका माध्यमबाट अघि बढ्ने सहमति त्यस भ्रमणका अवसरमा भएको जानकारी चिनियाँ प्रधानमन्त्री खछ्याङले जानकारी दिएका छन्।

गएको करिब नौ वर्षदेखि चीन रुसको एक प्रमुख व्यापारिक साझेदार राष्ट्रका रुपमा रही आएको छ। यस वर्षको सुरुका आठ महिनामा यी दुई देशबीच ७० अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार आदानप्रदान भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .