राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधि भित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनालाई लागि लडाईं लड्ने बताएका छन्।
अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना पार्टीको अडान भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न संविधानको परिधिभित्रै गरेर लडाईं गर्ने बताएका हुन। उनले संविधान निर्माणमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको आफ्नो पार्टीले संविधान कार्यान्वयनमा पनि सोही अनुसारको सहयोग गरिरहेको दावी गरे।
बुधबार काठमाडाैँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बिद्रोहको बाटो आफ्नो पार्टीलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे।
अध्यक्ष थापाले संविधानमा त्रुटि भेटिएको दावी गर्दै त्यसलाई सच्याउने गरी बहसमा आउन पनि सबै राजनीतिक दलहरुलाई आह्वान गरे।
उनले देश नै अहिले खतरामा रहेको सुनाउँदै आफूहरुको संघर्षमा सरिक हुन जनतालाई आह्वान पनि गरे ।
अध्यक्ष थापाले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई रिहाई गर्न माग गरे। ‘शानि्तपूर्ण ढंगबाट विरोध गर्न पाउनु संविधानप्रदत्त अधिकार हो। गिरफ्तारमा पर्ने सबैलाई रिहाई गर्न सरकारसामू माग गर्दछु ।’
प्रतिक्रिया