राजनीति


राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक राष्ट्रियसभाबाट पारित

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार १०:२०,

राष्ट्रियसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई सर्वसम्मति पारित गरेको छ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई संशोधन सहित पारित गरेको हो। सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट संदेश सहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति जनाएको थियो।

यसअघि विधेयकमाथि १३ जना सांसदहरुले संयुक्त रुपमा दर्ता गराएको संसोधन प्रस्तावमा संयुक्त संशोधनकर्ताहरुको तर्फबाट सांसद ठगेन्द्र प्रकाश पुरीले दफा ३६ बाहेकका अन्य प्रस्ताव फिर्ता लिएका थिए। त्यसैगरी अर्का संशोधनकर्ता सांसद रामप्रित पासवानले पनि आफ्नो संशोधन प्रस्ताव पनि फिर्ता लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad