राजनीति


केन्द्रको व्यवहार प्रदेश र स्थानीय तह नै नभएजस्तोः मुख्यमन्त्री शाही

केन्द्रको व्यवहार प्रदेश र स्थानीय तह नै नभएजस्तोः मुख्यमन्त्री शाही

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ११:५९,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्।

मुख्यमन्त्री शाहीले कर्मचारी समायोजनको काम तीन वटै तहमा भएपनि अपुग कर्मचारीलाई पूर्णता दिन सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे। उनले संघीय सरकारले प्रदेश र स्थानीय तह नभएजस्तो व्यवहार गरिरहेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तीनवटै तहको सरकार भएकाले उनीहरुबीचको बलियो सहकार्यमा मात्रै मुलुकलाई सहज ढंगले अघि बढाउन सकिने बताए।

मुख्यमन्त्री शाहीले तीन वटै तहको प्रशासनिक संरचना निर्माणको कामलाई छिटो पूर्णता दिनुपर्ने आवश्यक्ता पनि औँल्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad