प्रहरीले गोली प्रहार गरेर काठमाडौँको गोलढुंगाबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार दिउँसो महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरेर गुण्डागर्दीमा संलग्न नजोक भनिने साजन गुरुङलाई पक्राउ गरेको हो। निर्माण व्यवसायीलाई धम्की दिएर पैसा असुली गर्ने गरेको उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेका गुरुङलाई महाशाखाको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।
गुरुङ गोलढुंगामा रहेको सूचनाआधारमा पुगेको महाशाखाको टोलीसँग जम्काभेट भएपछि भाग्न खोजेका थिए। गुरुङमाथि दुई राउन्ड गोली प्रहार गरेको महाशाखाका पूमुख एसएसपी सहकुलबहादुर थापाले बताए।
उनले घाइते गुरुङलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको जानकारी दिए।
गुरुङ गोलढुंगालाई केन्द्र बनाएर गुण्डागर्दीका संलग्न रहँदै आएका थिए।
3
Shares

प्रतिक्रिया