राजनीति


विष्णु पौडेललाई काठमाडौँ ल्याइयो (तस्बिरहरू)

विष्णु पौडेललाई काठमाडौँ ल्याइयो (तस्बिरहरू)

सबै तस्बिर: सरोज शाही/नेपालखबर


सरोज शाही
असार ९, २०८३ मंगलबार १२:४१, काठमाडौँ

नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई काठमाडौँ ल्याइएको छ। 

सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौँ ल्याइएको हो। उनलाई सम्पत्ति शुद्धीकरण विभागमा पुर्‍याइएको छ। 

सुर्खेतबाट सोमबारै साँझ बाँकेको नेपालगन्ज लगिएको थियो। त्यहाँबाट राति नै गाडीमा ल्याइएको थियो। मंगलबार दिउँसो काठमाडौँ पुर्‍याएको हो। 

अब उनलाई विशेष अदालतमा उपस्थित गराइने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरे जानकारी दिए। ‘त्यसपछि म्याद थपको प्रक्रिया लागि विशेष सरकारी वकिल कार्यालय माइतीघर लगेर त्यहाँबाट विशेष अदालतमा उपस्थित गराइने छ’, घिमिरेले भने। 

पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएको हो। सोमबार सुर्खेतमा पक्राउ गर्नुअघि भैँसेपाटीस्थित उनको निवासमा छापा पनि मारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad