ad ad

राजनीति


अमेरिकी सेना-सशस्त्र प्रहरी अभ्यास रोकियोस्ः सांसद भुसाल (भिडियो)


नेपालखबर
भदौ २६ ,

नेकपाकी सांसद पम्फा भुसाल नेपालले असंलग्न परराष्ट्र नीति अख्तियार गरेका कारण अमेरिकी सैनिकसँग हुने संयुक्त अभ्यास रोक्नु पर्ने माग गरेकी छिन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेतृ भुसालले इन्डो प्यासेफिक स्टाट्रेजी अन्तर्गत हुन लागेको अमेरिकी सेना र सशस्त्र प्रहरीको संयुक्त अभ्यास रोक्नु पर्ने माग गरेकी हुन्।

‘अमेरिकी सेनाले एउटा हाइ अल्टीच्युटका नाममा अन्नपूर्ण राउन्ड र स्वीफ वाटर रेस्क्यु भनेर कुरिनटारमा राख्ने गरेर नेपाल सरकारलाई चिठ्ठी लेखेको जानकारीमा आएको छ। के माग गर्न चाहान्छु भने नेपाल असंलग्न नीतिमा अडिक छ’ भुसालले भनिन्, ‘कुनै एउटा राष्ट्रले बनाएको एलाइन्समा करिब करिब नेटोको स्तरको इन्डो प्यासेफिक एलाइन्स जुन बनेको छ। विवादास्पद रहेको छ। यो संठनमा नेपाल औपचारिक रुपमा आवद्ध रहेको छैन। त्यसैले यस प्रकारका संयुक्त प्रशिक्षण नगरियोस्, ध्यानाकर्षण गराउन चाहान्छु।’

आगामी कार्तिक १८ देखि २९ गतेस्म्म सशस्त्र प्रहरी बलसँग अमेरिकी सेनाले दुई–दुई वटा अभ्यास गर्न लागेको भूसालले बताइन्। उनले इन्डो प्यासेफिक स्टाट्रेजीको गठबन्धन नेटो स्तरको भएको बताइन्। नेटो अमेरिका र पश्चिमी युरोपका देशहरुले शीत युद्धको समयमा कम्युनिष्ट प्रभाव विस्तार हुन नदिन स्थापना गरेको सैनिक गठनबन्धन हो। अमेरिका र चीनबीच व्यापार युद्ध भएको समयमा नेपाल कुनै गठबन्धननमा छ भन्ने पार्न नहुने उनको धारणा थियो। भुसालले शीतयुद्धको समयमा समेत कसैको गठबन्धनमा नेपाल नबसकेको र ठूला छिमेकी देशहरुबीचमा हुँदा समेत स्वतन्त्र परराष्ट्र नीति लिएको विषयलाई स्मरण गराएकी थिइन्।

यस्तै, भुसालले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चिनियाँ विदेशमन्त्रीसँग व्यक्त गरेको विषयमा अमेरिकी दुतावासले सरकारसँग स्पष्ट पार्नका लागि गरेको आग्रहको बारेमा सरकारको धारणा के हो भन्ने माग गरेकी छिन्।

‘ती मैत्रिपूर्ण भेटको क्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा रहेको, अहिले चर्चामा रहेको इन्डो प्यासेफिक एलाइन्समा नेपाल नभएको भन्ने विषमया अमेरिकी राजदूतावासले नेपाल सरकारसँग स्पष्टिकरण मागेको छ भन्ने बाहिर आएको छ। यस बारेमा के हो? नेपाल सरकारले भन्न जरुरी छ’ भुसालले भनिन्।

भदौ २६, २०७६ बिहिबार १३:२५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .