प्रविधि


सातौँ राष्ट्रिय विज्ञान दिवसको सप्ताह शुरु

सातौँ राष्ट्रिय विज्ञान दिवसको सप्ताह शुरु

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १३:४६,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा विज्ञानलाई प्रश्रय दिँदै साताव्यापीरुपमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउन शुरु गरेको छ। प्रदेश र स्थानीत तहमा समेत आजदेखि शुरु भएको सो सप्ताहअन्तर्गत हाजिरीजवाफ, निबन्ध र कविता प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, संवाद, कला र आविष्कार प्रदर्शनी आदि गतिविधि गरिने छन्। दिवसको नारा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनः सामाजिक आर्थिक रुपान्तरण’ रहेको छ। दिवसका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

दिवसको मूल समारोह समितिको कार्यक्रम आउँदो असोज १ गते राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा हुने र सो दिन कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिनेछ। यसैगरी, विज्ञान विषयमा कलम चलाउने दुई पत्रकार र नयाँ अनुसन्धान गर्ने संस्थालाई पुरस्कृत गरिने कार्यक्रम रहेको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। सोही दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति नवप्रवर्तन पुरस्कारको घोषणा गर्ने मन्त्रालयका सचिव डा सञ्जय शर्माले जानकारी दिए।

दिवसका अवसरमा बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एशोसिएशनलगायतले पनि विभिन्न प्रदर्शनी गर्नेछन्। साताव्यापी कार्यक्रम असोज ५ गतेसम्म चल्नेछ।

सचिव शर्माले विज्ञान विषयलाई सञ्चारमाध्यमले प्राथमिकता दिई वैज्ञानिकहरुलाई प्रोत्साहित गर्नुपर्ने बताए। नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ मङ्सिर ८ गते निर्णय गरी हरेक असोज १ का लागि दिवस मनाउने तय गरेको थियो। नेपाल सरकारले राष्ट्रिय विज्ञान नीति पनि जारी गर्ने तयारी गरेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .