राजनीति


नेकपाको युवा संगठनको एकताः ४२ जिल्लामा युवा संघ र ३५ मा बाईसीएलले नेतृत्व गर्ने

नेकपाको युवा संगठनको एकताः ४२ जिल्लामा युवा संघ र ३५ मा बाईसीएलले नेतृत्व गर्ने

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ७:१२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संगठनको एकीकरण प्रक्रिया टुंगोमा पुगेको छ।

बिहीबार बसेको इन्चार्जसहितको पदाधिकारी बैठकले ३३५ सदस्यीय केन्द्रीय समिति गठन गर्न पार्टीसँग अनुमति माग्ने निर्णय गरेको हो।

 तत्कालीन युवा संघ र वाईसीएलका केन्द्रीय सदस्यलाई एकतामा लैजादा पार्टीले तोकेको भन्दा संगठनको आकार बढ्ने भएको हो। युवा संगठनले ४ पछि मनोनित गर्ने गरी ३३१ मध्य साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्य चयन गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै १११ सदस्यीय सचिवालयमा युवा संघ नेपालबाट ५७ र वाइर्सीएल नेपालबाट ५२ रहने, केन्द्रीय कार्यालयको ९ सदस्यका लागि युवा संघबाट ५ र वाईसीएलबाट ४ सदस्य रहने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै प्रदेशतर्फ ४ मा युवा संघ र ३ मा वाईसीयलले नेतृत्व गर्ने सहमति भएको छ भने ७७ जिल्लामध्य ४२ जिल्लामा युवा संघले र ३५ जिल्लामा वाईसीएल नेपालले नेतृत्व लिने सहमति भएको छ। कुन जिल्लामा कसले नेतृत्व लिने भन्ने बारेमा भने टुंगो लागेको छैन।

एकता प्रक्रियालाई टुंग्याउँ भदौं २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको विज्ञप्तिमा जनाइएको छ। त्यस्तै केन्द्रीय समितिको बैठक असोज ९ गते बस्ने भएको छ।

संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad