प्रभु बैंक लिमिटेडले यु.के.एडको सक्षम वित्तीय पहुँचसँग ‘वेल्थ बिल्डिङ फाइनान्सियल सर्भिसेज फर नेपाली माइग्रेन्ट वर्कर्स एण्ड दिअर रेमिट्यान्स रिसिभिङ फेमिली मेम्बर्स’ परियोजना सञ्चालन गर्नको लागि सम्झौता गरेको छ।
यो परियोजना सक्षमको च्यालेन्ज फण्डअन्तर्गत सञ्चालन गर्न लागिएको हो। बुधबार काठमाण्डौमा एक कार्यक्रममा दुवै संस्थाका व्यवस्थापन तहका उच्च पदाधिकारीहरुमाझ प्रभु बैंकबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त परियोजनाको मुख्य उद्देश्य भनेको दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपालीहरु र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्नको लागि वित्तीय पहुँच पु¥याउनु रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले यो सम्झौताले आप्रवासमा रहेका व्यक्ति र तिनका परिवारको वित्तीय आवश्यकता पूरा गर्न उद्देश्यमूलक बचतका साथै अतिरिक्त वित्तीय सेवाहरु क्रेडिट, बीमा र गैरवित्तीय सेवाहरु वित्तीय शिक्षा र व्यवसाय विस्तार गर्न सम्पत्ति वृद्धि गर्ने प्याकेजको विकास गरी लक्षत वर्गलाई प्रदान गर्न सहयोग मिल्ने बताए।
सक्षम, वित्तीय पहुँच नेपाल सरकार र यु.के सरकारको सम्झौताअनुरुप यु.के.एडको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो। यो कार्यक्रम लुइस बर्जरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यमा डीएफआईडीको लागि सञ्चालन गरेको कार्यक्रम हो।

प्रतिक्रिया