रेमिट्यान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सले सामान किन्दा छुट अफर ल्याएको छ। आफ्ना ग्राहकहरुलाई सीजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सीजी, गोदरेज, टीसीएल आदि इत्यादि सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको हो।
योजनाअनुसार नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने कम्पनीको भनाइ छ। आफ्ना सन्तुष्ट ग्राहकहरुलाई पूर्ण सुविधा दिँदै आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले यो व्यवस्था ल्याएको हो।
यसअन्तर्गत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिइने रसिद लिएर सिजी इलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजिटल तथा एलजी लाइफस्टाइल शोरुम बाट टिभी, फ्रिज वासिङ मेसिन तथा अन्य घरायसी सामग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया