सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।
दल दर्ताका लागि निवेदन दिन बिहीबार नेकपाका नेताहरु निर्वाचन आयोग पुगेका थिए। नेकपाका निर्वाचन विभागका प्रमुख तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्वाचन आयोगमा दल दर्ताका निवेदन दिएकोसामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन्।
‘आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दल दर्ताको निवेदन भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको छ। सहकर्मी खिमलाल देवकोटा, ईश्वरी रिजाल, श्रीरामजी ढकाल र बाबुराम दहालजीलाई धन्यवाद’, मन्त्री ज्ञवालीले ट्विटमा भनेका छन्।
आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दल दर्ताको निवेदन भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको छ। सहकर्मी खिमलाल देवकोटा, ईश्वरी रिजाल, श्रीरामजी ढकाल र बाबुराम दहालजीलाई धन्यवाद!
— Pradeep Gyawali (@PradeepgyawaliK) September 12, 2019प्रतिनिधिसभामा एकसहित प्रदेश तथा स्थानीय तहका गरी ५१ स्थानमा मंसिर १४ गते निर्वाचन हुँदैछ। दल दर्ताका लागि खिमलाल देवकोाट, ईश्वरी रिजालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।
बुधबार बसेको नेकपाको सचिवालय बैठकले दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको थियो ।

प्रतिक्रिया