राजनीति


राजनीतिलाई सफा र निष्कलंक बनाउने बेला आयोः महामन्त्री कोइराला

राजनीतिलाई सफा र निष्कलंक बनाउने बेला आयोः महामन्त्री कोइराला

नेपालखबर
भदौ २२, २०७६ आइतबार १२:१,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आइपुगेको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा ‘बीपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले राजनीति फोहोर भएका कारण सर्वसाधरणमा वितृष्णा बढेको बताए।

उनले बीपी कोइरालाबाट सिकेर मुलुकको राजनीतिलाई सफा र निष्कलंक बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे।

महामन्त्री कोइरालाले बीपी कोइराला राजनीतिको सुरुवात कालमा वामपन्थी भएको खुलासा पनि गरे। ‘भारतीय स्वतन्त्र संग्राम आन्दोलनका बेला बीपी वामपन्थी हुनुहुन्थ्यो’, विपीका छोरा समेत रहेका महामन्त्री कोइरालाले भने, ‘भारतीय नेताहरुको प्रभावमा परेपछि प्रजातन्त्रवादी हुनुभयो।’

महामन्त्री कोइरालाले बीपीले ‘तिमी १८ वर्षको भएर पनि कम्युनिष्ट भएनौं भने तिम्रो हृदय नभएको’, ‘तिमी २५ वर्षको भएर पनि कम्युनिष्ट छौं भने तिम्रो दिमाग छैन’ भनेर आफूलाई भन्नु भएको पनि बताए।

कार्यक्रममा बोल्दै कांग्रेस नेता शेखर कोइरालाले संविधानविपरित अघि बढेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । उहाँले प्रदेश र स्थानीय तहको सबै अधिकार संघीय सरकारले हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आपत्ति पनि जनाए।

नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा पनि सरकारले नियन्त्रणका लागि ठोस पहल गर्न नसकेको आरोप पनि लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad