नेपाली बैंकहरुबाट ह्याकरहरुले निकालेको एक करोड ८९ लाख फिर्ता भएको छ। प्रहरीले ह्याकर तथा उनीहरुले उक्त पैसा साटेको मनि एक्सचेन्ज सञ्चालकलाई समेत पक्राउ गरी बरामद गरेको उक्त रकम फिर्ता गरेको हो।
भारतबाट नेपाली बैंकका एटीएम प्रयोग गरी निकालिएको रकम भने जफत गर्न सकिएको छैन। भारतबाट १ करोड ५ लाख निकालिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा ६ बैंकको एटीएम बुथबाट पैसा झिकेका थिए। निकालिएको रकम नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल एसबिआइ बैंक कुमारी, मेगा र एभरेष्ट बैंकको छ। सबै बैंकलाइ रकम फिर्ता गरिएको राष्ट्र बैंकले जानकारी गराएको हो।
लुटेराहरुले ग्लोबल आइएमइ, प्रभु, माछापुच्छ्रे, जनता, एनआइसी एसिया, सनराइज र सिटिजन्स बैंकको एटीएम कार्ड प्रयोग गरेर पैसा लुटेका थिए।

प्रतिक्रिया