राजनीति


सिंहदरबार अगाडिको अग्लो घर अधिग्रहण गर्ने सरकारकाे तयारी

सिंहदरबार अगाडिको अग्लो घर अधिग्रहण गर्ने सरकारकाे तयारी

नेपालखबर
भदौ १५, २०७६ आइतबार १५:३३,

गृह मन्त्रालयले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि बनेको अग्लो घर अधिग्रहण गर्ने निर्णय गरेको छ। यस्तै, राष्ट्रपति कार्यालय अघि बन्दै गरेको अग्लो घर बनाउन रोकिने भएको छ।

गृहले गठन गरेको अध्ययन समितिले दिएको सुझावका आधारमा संवेदनशील क्षेत्र नजिकका अग्ला भवनले शान्ति सुरक्षामा असर पार्ने भन्दै गृहले यस्तो निर्णय गरेको हो।

अध्ययन समितिले राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको सीई रियल स्टेटलाई निर्माणमा रोक लगाई अधिग्रहण गर्ने तथा सिंहदरबार दक्षिण गेट, राष्ट्रिय अनुसन्धान कार्यालयअघि बनेको इमिरो प्लाजा मापदण्ड बिपरित देखिएकोले आववश्यक कारबाही गरी अधिग्रहण गर्न सिफारिस गरेको छ।

सुरक्षा संवेदनशील क्षेत्रमा बनेका ठुला भवनका सम्बन्धमा छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाउने गृहले जनाएको छ।

समितिले बन्दै गरेका त्यस्ता भवन बनाउन रोक लगाउने वा अधिग्रहण गर्ने तथा बनिसकेका भवन आवश्यक प्रक्रिया पुरागरि अधिग्रहण गर्ने वा आवश्यक कारबाही अघि बढाउने सिफारिस गरेको थियो।

आइतबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, गृह सचिव प्रमकुमार राई, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान विभागका प्रमुख, काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, काठमाडौंका प्रजिअ, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी लगायतको उपस्थितिमा बसेको बैठकले अध्ययन समितिको प्रतिवेदनका आधारमा कारबाही अघि बढाउने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .