राजनीति


आरोप पुष्टि भए तत्काल राजीनामा दिन्छुः अध्यक्ष आचार्य

आरोप पुष्टि भए तत्काल राजीनामा दिन्छुः अध्यक्ष आचार्य

नेपालखबर
भदौ १५, २०७६ आइतबार १४:३०,

नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोपको खण्डन गरेका छन्।

सभापति आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोप पुष्टि भए आफूले तत्काल पदबाट राजीनामा दिने बताए। उनले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दावी पनि गरे।

आईतबार काठमाडौंमा आयोजित ‘श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनको समस्याः समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति आचार्यले न्यूनतम पारिश्रमिक दिलाउन ३९५ जना श्रमजीवि पत्रकारहरुले महासंघका निवेदन दिएकोमा ३५० जनाको सो माग पूरा गराउन महासंघ सफल भएको पनि बताए।

सभापति आचार्यले महासंघले पत्रकारहरुको हितको लागि ठूला मिडिया हाउसका मालिकसँग आन्दोलन गरिरहेको दावी पनि गरे। तर त्यस्ता आन्दोलनमा महासंघकै विभिन्न शाखाहरु समेत सहभागी नभएकोमा उनको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .