राजनीति


युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

नेपालखबर
असार १, २०७६ आइतबार ३:३,

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण पूरा गरी आज (आइतबार) स्वदेश फर्किएका छन्।

युरोपका स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण सकेर प्रधानमन्त्री ओली बिहान काठमाडौं आइपुगेका हुन्। 

कतार एयरवेजको विमानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे  ओर्लिएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यही जेठ २५ गते युरोप भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले विभिन्न भेटघाट तथा कार्यक्रमहरूमा सहभागिता जनाएका थिए।

जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठनकोशतवार्षिकी समारोहमा सहभागी भउका ओलीले स्विटजरल्यान्डमा दुई दिन बिताएका थिए। त्यसपछि उनी बेलायत प्रस्थान गरेका थिए। त्यहाँस्थित अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए ।

बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी टेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग पनि भेटघाट गरेका थिए। बेलायतपछि फ्रान्स पुगेका ओलीले आफ्ना समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यहाँको विकास पनि ओलीले अवलोकन गरेका थिए। ।

प्रधानमन्त्रीको युरोप भ्रमण आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी भएको सरकारले दाबी गरेको छ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .