ad ad

राजनीति


जी७ वैठकमा इरानका विदेशमन्त्री पुग्दा अमेरिका आश्चर्यमा

जी७ वैठकमा इरानका विदेशमन्त्री पुग्दा अमेरिका आश्चर्यमा

नेपालखबर
भदौ ९, २०७६ सोमबार ६:३०,

विश्वका ठूला ७ अर्थतन्त्र भएका राष्ट्रमा इरान समावेश छैन। यद्यपी इरानका विदेशमन्त्रीले फ्रान्समा जारी उक्त वैठकमा आइतबार संक्षिप्त सहभागिता जनाएका थिए।

इरानको अनपेक्षित सहभागिताले अमेरिका चकित बनेको बताइएको छ। जी ७ राष्ट्रको समूहमा अमेरिका, वेलायत, फ्रान्स, इटाली, जापान, जर्मनी र क्यानडा आवद्ध छन्।

हाल अमेरिका र इरानबीच तनावको अवस्था छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको वैठकमा इरानी प्रतिनिधि देखा परेपछि अमेरिका आश्चर्यमा परेको बीबीसीले उल्लेख गरेको छ।

केही समययता अमेरिकाले इरानलाई युरेनियमको उत्पादनमा कमी गर्न भनिरहेको छ। यद्यपी इरानले अमेरिकी भनाइको वेवास्ता गरेको छ। यसकारण खाडी क्षेत्रमा यतिबेला तनाव निम्तिएको छ।

Image result for Trumpangry

अमेरिका समर्थित राष्ट्रहरुले इरानी तेल ट्यांकर नियन्त्रणमा लिने र इरानले अमेरिका समर्थित तेल ट्यांकर नियन्त्रणमा लिने कार्य जारी छ।

बीबीसीका अनुसार इरानी विदेशमन्त्री जी७ मा संक्षिप्त सहभागिता जनाएका थिए। त्यसपछि जरिफले सामाजिक सञ्जाल ट्विटरमा फ्रान्सका समकक्षी र राष्ट्रपति दुवैसँग आफ्ना रचनात्मक वार्ता भएको बताएका छन्।

‘अगाडिको बाटो कठिन छ तर प्रयास गर्नुपर्ने पनि छ,’ आइतबारर साँझ उनले लेखेका छन्। उनले ट्विटरमै आफूले जर्मनी र ब्रिटेनका अधिकारीहरूसँग पनि संक्षिप्त भेटघाट गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .