ad ad

कारोबार


अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विद्युतीय भ्यान

अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विद्युतीय भ्यान

नेपालखबर
भदौ ९, २०७६ सोमबार ६:२६,

यती एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ। एयरलाइन्स नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ हवाइ सेवा प्रदायक कम्पनी पनि हो।

वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउन विद्युतीय भ्यानको प्रयोग सुरु गरेको कम्पनीले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रु वाहक सवारीसाधनले वार्षिक ४.६ टनका दरमा कार्बनडाइअक्साइड ग्याँस उत्सर्जन गर्छ।
विद्युतीय सवारीसाधनको प्रयोगले वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा यती एयरलाइन्सले लिएको छ। यो सुरुवातले सकारात्मक प्रतिक्रिया पाए पेट्रोलबाट चल्ने विद्यमान सबै (२० वटै) भ्यानलाई महिन्द्रा इ–सुप्रो विद्युतीय भ्यानले स्थानान्तरण गर्ने योजना यतीले बनाएको छ।

विज्ञप्तिमा यतीले भनेको छ, ‘हामीलाई आशा छ, हाम्रो यो सुरुवातले युएनडीपीले तय गरेकोे दीर्घकालीन विकास लक्ष्यको १३ नम्बरको बुँदा जलवायु परिवर्तन रोक्ने कदम कार्यान्वयनलाई पनि प्रवद्र्धन गर्नेछ । नेपाली एअरलाइन्समाझ यती एयरलाइन्सले उदाहरण स्थापित गर्दै विगत लामो समयदेखि राष्ट्रसंघको यो लक्ष्य हासिल गर्न प्रयत्नरत छ।’ यती एअरलाइन्सले ‘कार्बन क्रेडिट’ खरिद गरेर आफ्नो हरितगृह ग्यास उत्सर्जनको भर्पाइ गर्दै आएको छ। यो जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संयन्त्र महासन्धी (युएनएफसीसीसी) बाट प्रमाणित उत्सर्जन न्युनिकरणको उपाय हो । विगतमा पनि यती एअरलाइन्सले हरियो सुदूर पश्चिम परियोजना र सगरमाथा सफाइ अभियानजस्ता महत्वपूर्ण वातावरणीय र सामाजिक अभियानहरु सञ्चालन गर्दै आएको छ ।

यती एअरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले शुक्रवार एक समारोह बिच विद्युतीय भ्यान प्रयोगको शुभारम्भ गरेका हुन्। कम्पनीकी प्रबन्धनिर्देशक चन्दा शेर्पाले भनिन्, ‘विद्युतीय भ्यानको सुरुवात कार्बन न्युट्रलिटीप्रति हाम्रो प्रतिबद्धता जाहेर गर्ने एउटा अवसर हो । वास्तवमा कार्बन न्युट्रिलिटी वातावरण संरक्षणको दिशामा हाम्रो इमान्दार र व्यावहारिक प्रयत्न हो ।

एउटा सकारात्मक परिवर्तनको अग्रज बन्न पाउँदा हामी गौरवान्वित छौं । हामीलाई विश्वास छ, यसले सबैलाई हाम्रो पृथ्वीको रक्षार्थ चेतनशिल कदम चाल्न उत्प्रेरणा दिनेछ।’ त्यसैगरी, युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले यती एअरलाइन्सको यस कार्यका लागि बधाई दिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .