ad ad

राजनीति


प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालयको बैठक सुरु

प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालयको बैठक सुरु

नेपालखबर
भदौ ९, २०७६ सोमबार ६:२२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराही सुरु भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि दुई अध्यक्षको व्यवस्था गरिएको भए पनि बैठक भने ओलीको अध्यक्षतामा बैठक बस्दै आएको हो।

दिउँसो १ बजे बोलाइएको बैठक दुई घण्टा अगाडि बिहान ११ बजे बस्ने भनिएको भए पनि बैठक मध्यान्ह १२ बजे सुरु भएको हो।

बैठकमा पार्टी एकताका बाँकी काम अघि बढाउने विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .