ad ad

कला


मेरो सम्पत्ति छोराछोरी दुवैलाई बराबरी : अमिताभ बच्चन

मेरो सम्पत्ति छोराछोरी दुवैलाई बराबरी : अमिताभ बच्चन

नेपालखबर
भदौ ९, २०७६ सोमबार ४:३७,

बलिउडका लोकप्रिय अभिनेता अमिताभ बच्चनले भारतीय परम्परा तोड्दै छोरा र छोरीका सवालमा एउटा महत्वपूर्ण निर्णय गरेका छन्।

पैतृक सम्पत्तिमा छोराको मात्र हक लाग्ने भारतीय समाजको विभेदकारी संस्कारविपरीत अमिताभले आफ्नो सम्पत्ति छोरा र छोरी दुवैलाई बराबर दिने घोषणा गरेका हुन्।

उनका एक छोरा र छोरी छन्। छोरा अभिनेता अभिषेक बच्चन हुन् भने छोरी स्वेता नन्दा हुन्।

हालै उनले आफूले चलाउँदै आएको एक टेलिभिजन कार्यक्रममा आएका अतिथितसमक्ष आफ्नो अवसानपछि आफ्नो सम्पति आफ्ना छोरा अभिषेक बच्चनले मात्र नपाउने घोषणा गरेका हुन्। त्यसमा छोरी स्वेता नन्दाको पनि बराबरी हक लाग्ने उनले बताएका छन्।

उनले भने, ‘म नरहेपछि धेरथोर जे जति सम्पति छ, त्यो मेरा सन्तानको हुनेछ। मेरा एक छोरा र एक छोरी छन्। यो दुवैलाई बराबरी बाँडिनेछ।’

यो घोषणा गर्दै उनले भारतीय समाजमा लैंगिक समानताको सन्देश दिन खोजेका हुन्। अमिताभको उक्त निर्णयको धेरैले स्वागत र प्रशंसा गरेका छन्।

अमिताभ बच्चन बलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेता मध्येका एक हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .