राजनीति


प्रशासनले नआऊ भन्दाभन्दै राहुल गान्धी किन जाँदैछन् कस्मिर?

प्रशासनले नआऊ भन्दाभन्दै राहुल गान्धी किन जाँदैछन् कस्मिर?

नेपालखबर
भदौ ७, २०७६ शनिबार ५:१४,

भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी आज (शनिबार) जम्मु-कस्मिर जाने भएका छन्।

भारतीय पत्रिका हिन्दुस्तानका अनुसार राहुल अन्य विपक्षी नेतासँगै कस्मिर जान लागेका हुन्।

राहुल गान्धीसँगै कांग्रेस नेता गुलाम नबी आजाद, आनन्द शमर्मा, भाकपाका नेता डी राजा, माकपाका नेता सीताराम येचुरी, राजदका नेता मनोज झा र एनसिपीका नेता माजिद मेनन पनि शनिबार दिउँसो श्रीनगर पुग्ने उक्त पत्रिकाले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

तर प्रशासनले भने राजनीतिक दलका नेताहरूलाई श्रीनगर उपत्यकाको भ्रमण नगर्न भनेको छ । नेताहरूको भ्रमणले त्यहाँको स्थिति सामान्य बनाउनमा बाधा पुग्ने प्रशासनको दाबी छ।

तर उक्त अनुरोधविपरीत विपक्षी नेताको नेतृत्व गर्दै राहुल गान्धी कस्मिर भ्रमण/अवलोकनका लागि जान लागेका हुन्।

जम्मु–कस्मिरको सुरक्षा अवस्था तथा सर्वसाधारणलाई लगाइएको बन्देज र स्थानीय नेताहरू पक्राउ गरिएकोप्रति कडा आपत्ति जनाउँदै आएको भारतीय कांग्रेसले उक्त क्षेत्र अवलोकनका लागि विपक्षी नेताहरूको टोली जान पाउनुपर्ने जिकिर गरेको छ।

गएको हप्ता राहुल गान्धीले जम्मु–कस्मिरका राज्यपाल सत्यपाल मलिकसँग आफूसहितका विपक्षी नेताहरूको अनुगमन भ्रमणको व्यवस्था मिलाउन ट्विटमार्फत आग्रह गरेका थिए।

ट्विटबाटै जवाफ फर्काउँदै मलिकले ‘जहाज पठाउँछौँ, आउनुस्, अनुगमन गर्नुस्’ भनेका थिए।

भारत सरकारले अगस्ट ५ मा संविधानमा रहेको धारा ३७० निलम्बन घोषणा गर्दै जम्मु–कस्मिरले पाइरहेको विशेष राज्यको दर्जा खोसेपछि त्यहाँ तनाव भइरहेको छ। भारतीय सरकारले उक्त क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा अधिकांश रुपमा बन्द गरेका छ । ल्यान्डलाइन टेलिफोन भने आंशिक रुपमा सञ्चालनमा आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad