आज (शनिबार) काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका नदी/खोलामा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार बिहान जारी गरेको सूचनाअनुसार आज आज कमला, वाग्मती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहसम्मै पुग्ने सम्भावना छ।
यसैगरी काठमाडौं उपत्यकासहित सिन्धुली, ओखलढुंगा, रामेछाप, रसुवा, रुकुम, रोल्पा, सल्यान, प्युठान, डोटी, अछाम, कालिकोट र आसपास भई बहने नदीमा बहाव बढ्ने सम्भावना छ।
यसैकारण उक्त नदी तटीय क्षेत्रमा रहनेहरूलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया