पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको लडाईँ व्यक्तिका विरुद्ध नभएर प्रवृत्तिविरुद्ध भएको बताएका छन्।
विपक्षी गठबन्धनले सोमबार नागरिक समाजका अगुवासँग गरेको छलफलमा नेपालले राम्रो सिस्टममात्र बनाए नहुने टिप्पणी गरे। उनले राम्रो सिस्टमसँगै राम्रो संस्कार आवश्यक हुने बताए।
उनले पाँचदलीय गठबन्धन संविधानको रक्षाका लागि भएको बताए।
उनले आफू यस गठबन्धनमा कुनै पार्टीको नेताको रुपमा नआएको बताए।
समाज र संस्कृतिको कुरा गर्ने प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिबारे ध्यान दिन नेपालले आग्रह गरे।
ओलीका भाषण रेकर्ड गरेर राख्नसमेत उनले आग्रह गरे।

प्रतिक्रिया