रौतहट जिल्लाको माधव नारायण नगरपालिका–८ स्थित वागमती नदीमा डुबेर बेपत्ता भएका एक बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
सोही ठाउँ बस्ने ४ वर्षीय राजकुमार महतो नदीको किनारमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव घटनास्थल भन्दा करीब पाँच सय मिटर तल फेला पारेको हो।
यसैगरी कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलास्थित चौधर नदीले बगाएर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
सोही ठाउँ बस्ने १५ वर्षीय करन सुनार नुहाउने क्रममा नदीले बगाई बेपत्ता भएका थिए।
घटनाबारे जनाकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट झिलमिलाबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव नदीबाट बाहिर निकालेको हो।

प्रतिक्रिया