राजनीति


वीजेपी नेता भन्छन्– नेपाली नेताका भारतविरोधी अभिव्यक्तिले दुई देशको सम्बन्ध नबिग्रियोस्

वीजेपी नेता भन्छन्– नेपाली नेताका भारतविरोधी अभिव्यक्तिले दुई देशको सम्बन्ध नबिग्रियोस्

नेपालखबर
असार १३, २०७८ आइतबार १०:३२,

भारतीय जनता पार्टी (वीजेपी) को वैदेशिक मामिलासम्बन्धी विभागका इन्चार्ज डा. विजय चौथाइवालेले नेपालका राजनीतिक नेताहरुसँग भारतविरोधी अभिव्यक्ति नदिन आग्रह गरेका छन्।

उनले त्यस्ता अभिव्यक्तिका कारण नेपाल–भारत सम्बन्ध नबिग्रियोस भन्ने आफ्नो चाहना रहेको बताए।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्टले नेपाल–भारत सम्बन्धबारे आइतबार गरेको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले सो भनाइ व्यक्त गरेका हुन्।

‘नेपाली राजनीतिक नेताहरुका भारत–विरोधी अभिव्यक्तिहरुका कारण दुई देशबीचको सम्बन्ध नबिग्रियोस् भन्ने मात्र मेरो कामना हो,’ चौथाइवालेले भने, ‘भारतले नेपालमा प्रमुख आयोजनाहरुमा योगदान पुर्‍याएर नेपालसँग साझेदारीलाई निरन्तरता दिन चाहन्छ।’

भारतीय सत्तारुढ दल वीजेपीको वैदेशिक मामिला विभागका इन्चार्ज चौथाइवाले अहिले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थ तथा गृहमन्त्री विष्णु पौडेल लगायतसँग निकट सम्बन्ध रहेका नेता हुन्।

उनी पौडेलको आमन्त्रणमा केहि महिनापहिले नेपाल भ्रमणमा आई यहाँका प्रमुख नेताहरुसँग भेट गरी फर्केका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .