समाज


अपडेटः मायामी बिल्डिङ भत्किँदा मृत्यु हुनेको संख्या ५ पुग्यो, १५० भन्दा बढी बेपत्ता

अपडेटः मायामी बिल्डिङ भत्किँदा मृत्यु हुनेको संख्या ५ पुग्यो, १५० भन्दा बढी बेपत्ता

नेपालखबर
असार १३, २०७८ आइतबार १०:३०,

बीबीसीका अनुसार हालसम्म ५ जनाको शव भेटिएको हो। यस दुर्घटनामा हालसम्म १५० भन्दा बढी मानिस बेपत्ता छन्। उनीहरु सबैलाई भवनले पुरेको छ।

हाल भवनले पुरिएकाको उद्धार कार्य जारी राखिएको छ। मायामीका मेयर डेनिएर लेविनले आइतबार हालसम्म भवनले पुरेकामध्ये ५ जनाको शव भेटिएको बताएका छन्।

उनले आफ्नो उद्देश्यक धेरै मासिको ज्यान जोगाउनु रहेको बताएका छन्। अमेरिकी समयअनुसार बिहीबार बिहानै उक्त भवन भत्किएको थियो।

स्थानीय एजेन्सीले सो भवन कसरी भत्कियो भनेर हालसम्म खुलेर जवाफ दिएका छैनन्। यद्यपी सन् २०१८ मा इन्जिनियरहरुको एउटा रिपोर्टअनुसार सो भवनको डिजाइनमा गडबडी थियो।

भवनको पानी बाहिर जानुको साटो त्यो भवनको जगमा गएर बस्ने गरेको बताइएको थियो। शनिबार उद्धार कार्य जारी राख्दा भवनको केही भागमा आगलागी भएपछि उद्धार कार्य केही प्रभावित भएको थियो।

प्रहरीका अनुसार जसलाई जीवितै उद्धार गरिएको छ, उनीहरुलाई होटलमा स्थानीय सरकारले खाने र बन्से व्यवस्था गरेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad