राजनीति


एमाले एकता प्रयास जारी छ, कुरा भइरहेको छ : प्रदीप ज्ञवाली

एमाले एकता प्रयास जारी छ, कुरा भइरहेको छ : प्रदीप ज्ञवाली

नेपालखबर
असार १३, २०७८ आइतबार ५:५२,

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको असन्तुष्ट पक्षसँग एकता गर्ने प्रयास जारी रहेको बताएका छन्।

आज बिहान सम्पन्न स्थायी कमिटीको बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा उनले एकताका लागि औपचारिक अनौपचारिक छलफल जारी रहेको बताएका हुन्।

‘औपचारिक, अनौपचारिक कुरा भइरहेको छ। प्रयास जारी छ। एमालेको एकतालाई अक्षुण्ण राखेर मात्रै हामी लोकतन्त्र, संविधान, राष्ट्रिय एकताको रक्षा गर्न सक्छौं,’ प्रवक्ता ज्ञवालीले भने, ‘यही प्रयोजनका लागि जेठ २३ गते अध्यक्षज्यूले आह्वान पनि गरिसक्नुभएको छ। यसैमा आधारित रहेर छलफल जारी छ।’

कतिपय नेताको व्यवहार भने पार्टी एकता गर्ने ‘ठ्याम्मै’ नभएको उनले बताए।

यो पनि : प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, गठबन्धनलाई धोका दिन्न : माधव नेपाल

‘उहाँहरू एमाले बचाउने, एमालेृको सरकार बचाउने होइन, जसरी हुन्छ, एमाले भत्काउने, एमालेको सरकार विस्थापित गर्ने प्रयासमा लागिरहनुभएको छ,’ प्रवक्ता ज्ञवालीले भने, ‘आफ्नो पार्टी एमालेलाई श्रेष्ठ बनाउने होइन कि प्रतिपक्षीलाई काँधमा बोकेर उनीहरूलाई श्रेष्ठ बनाउने अभियानमा लाग्नुभएको छ।’

यो पनि : सर्वोच्च अदालतद्वारा अवैधानिक ठहर एमाले महाधिवेशन आयोजक कमिटीको बैठक १६ गते राख्ने निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad