राजनीति


हामी चीनसँग हुने युद्धको लागि तयार रहनुपर्छः ताइवान

हामी चीनसँग हुने युद्धको लागि तयार रहनुपर्छः ताइवान

नेपालखबर
असार १०, २०७८ बिहिबार ८:५७,

ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले युद्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले सीएनएनसँगको अन्तर्वार्तामा बताएका हुन्।

चिनियाँ बढ्दो सैन्य गतिविधिले ताइवानको राष्ट्रिय सुरक्षामा चुनौती थपिदिएका कारण ताइवानले युद्धको तयारी गर्नुपर्ने उनको भनाइ रहेको छ।

चीनले गत मे महिनामा मात्र ताइवानका विदेशमन्त्री वुलाई ‘अलगाववादी’ को संज्ञा दिएको थियो। उनी ताइवान चीनबाट अलग्याउने खेलमा लागेको चीनको आरोप छ।

त्यसबेला वुले चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा अन्तिम समयसम्म पनि आफ्ना सेनाले युद्ध लड्ने अभिव्यक्ति दिएका थिए।

गतहप्ता मात्र चीनका २८ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुसेका थिए। अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै ताइवानको हवाई क्षेत्रमा घुसेर चीनले आफ्नो सामर्थ्य देखाएको ताइवानको आरोप छ।

Taiwan Foreign Minister Joseph Wu has accused China of conducting hybrid warfare.ताइवानका विदेशमन्त्री जोसेप वु

चीनले ताइवान आफ्नो क्षेत्र भएको दाबी गरेता पनि ताइवानले पछिल्लो समय आफू सार्वभौम राष्ट्र भएको बताउँदै आएको छ।

त्यहाँकी राष्ट्रपति साइ–इंग वेनले चीनको एक देश दुई प्रणालीको नीति ताइवानमा नचल्ने बताउँदै आएकी छिन्।

तर ताइवान अलग्याउन चाहनेको खतरा बढेको बताउँदै चीनले गतवर्ष अलगाववादीसँग युद्ध गर्न तयार रहन आफ्नो सेनालाई निर्देशन दिएको थियो।

गत वर्षदेखि चीन ताइवानप्रति निकै आक्रामक बनेको छ। चिनियाँ विमानहरु दोहोरिँदै ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

यसबीचमा ताइवानको रक्षा क्षमता बढाउने भन्दै ताइवानले अमेरिकाबाट अत्याधुनिक हतियार खरिद गर्ने सम्झौता गरेको छ। जसका कारण चीन अमेरिकासँग निकै रुष्ट छ।

चीन र ताइवान

सन् १९४९ मा चीनमा गृहयुद्ध समाप्त भएपछि नै चीन र ताइवानमा अलग–अलग सरकार छ।

चीनले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिमा नियन्त्रण गर्ने प्रयास गरेको छ। दुवैले प्रशान्त क्षेत्रमा प्रभाव बढाउन संघर्ष गरेका छन्।

पछिल्ला वर्षहरुमा तनाव झनै बाढेको छ। चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने बताउँदै आएको छ।

ताइवानले विश्वसामू आफू स्वतन्त्र राष्ट्र भएको भनेर औपाचारिक घोषणा गर्छ कि भनेर चीन चिन्तित बनेको छ।

त्यसकारण चीनले सैन्य कारवाही गरेरै ताइवान कब्जा गर्ने चेतावनी दिएको हो। यद्यपी ताइवानकी राष्ट्रपति साइ इंग–वेनले दोहोर्याउँदै ताइवान पहिल्यैबाट स्वतन्त्र राष्ट्र भएको बताउँदै आएकी छिन्।

उनका अनुसार ताइवान एक सार्वभौम राष्ट्र हो जसका कारण ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको घोषणा गरिरहनु पर्दैन।

ताइवानको आफ्नै संविधान छ। त्यहाँ लोकतान्त्रिक तरिकाबाट चुनाव गरिन्छ र राष्ट्रपति चयन गरिन्छ।

यद्यपी चीनले ताइवानलाई आफूसँग समाहित गर्न बल प्रयोग गर्ने सम्भावनालाई इन्कार गर्दैन। सीएनएन

यो पनिः ‘ताइवान रक्षा गर्न अमेरिकाले चीनमा परमाणु आक्रमणको योजना बनाएको थियो’

अहिले नै हो चीनका लागि ताइवान कब्जा गर्ने सबैभन्दा उपयुक्त समय

के अमेरिकाले ताइवानको रक्षा गर्न सक्छ?

- ताइवानलाई तत्काल आक्रमण गर्ने चीनको चेतावनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad