विद्युत् आपूर्ति नहुँदा सर्वोच्च अदालतमा कानुन व्यवसायी बहस सुन्नबाट वञ्चित भएका छन्।
बिहीबार संसद् विघटन मुद्दामा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस सकेपछि अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्ने क्रममा विद्युत् गएको थियो।
त्यसको वैकल्पिक व्यवस्था नहुँदा सर्वोच्च बार र नेपाल बारका दुवै हलमा र सर्वोच्च अदालतको बाहिर बहस सुन्ने अवस्था नभएको हो।
गत डेढ घण्टायता सर्वोच्चमा बिजुली छैन। बहस सुन्ने स्थानमा चहलपहल शून्य बनेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचन मिति तोकेकी थिइन्।
सोविरुद्ध सर्वोच्च अदालतमा ३० वटा मुद्दा परेकामा ९ गते अर्थात् हिजोदेखि मुद्दा केन्द्रित सुनुवाइ सुरु भएको हो।

प्रतिक्रिया