राजनीति


माधव नेपाल र भीम रावलसहितको विपक्षी गठबन्धनको बैठक देउवा निवासमा

माधव नेपाल र भीम रावलसहितको विपक्षी गठबन्धनको बैठक देउवा निवासमा

नेपालखबर
असार ९, २०७८ बुधबार ११:४९,

नेपाली कांग्रेससहितको पाँचदलीय विपक्षी गठबन्धनको बैठक बसिरहेको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा छलफल भएको हो।

छलफलमा देउवासहित रामचन्द्र पौडेल, बालकृष्ण खाण, पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेबाट माधव कुमार नेपाल, भीम रावल, राजमोबाट दुर्गा पौडेल सहभागी छन्।

मंगलबार यो गठबन्धनले संयुक्त विज्ञप्ति निकालेर विपक्षी पाँच राजनीतिक दलहरुले जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा उत्पन्न भएको बताएका थिए।

सरकारले प्रतिगामी पाइला चाल्दै राजनीतिलाई अत्यन्त अस्थिर तुल्याउनुका साथै आन्दोलनका उपलब्धि र राष्ट्रिय हितमा आघात पुर्‍याएको उनीहरुको ठहर छ।

विपक्षी गठबन्धनमा रहेका पाँच दलले संयुक्त विज्ञप्ति प्रकाशित गरी राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका थिए।

गठबन्धनका नेताहरुसँगै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल पनि छलफलमा सहभागी थिए। उनी केही बेरअघि निस्किएका छन्। गण्डकीमा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भइरहेको छ। गठबन्धनमै रहेका दलहरुबीच भागबण्डा नमिल्दा मन्त्रीमण्डलविस्तार रोकिएको हो। त्यही विषयमा मुख्यमन्त्रीसँग छलफल भएको स्रोतले जनाएको छ।

मुख्यमन्त्री पोख्रेलले आजै मसालका महामन्त्री मोहनविक्रम सिंहसँग छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad